पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व, साविक विजेतालाई हराउँदै चेरियुयिट च्याम्पियन

पाेखरा | फागुन ३, २०८१

पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व, साविक विजेतालाई हराउँदै चेरियुयिट च्याम्पियन

पोखरा:  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औं संस्करणको सफल पोखरा म्यारथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पियन बन्दै नयाँ रेकर्ड बनाएका छन् ।

 

यसअघि सोही देशकै धावक जुलियस मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा निर्धारित ४२.१९५ किमी दुरी पार गरेका थिए ।

 

उनको गत वर्षको रेकर्डलाई तोड्दै विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै नयाँ रेकर्ड बनाएका हुन् । 

 

यस्तै साविक विजेता जुलियस मुरियाली वाहोमले निर्धारित दुरी २ घन्टा १७ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । 

 

अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गर्दै तृतीय बने । उनीहरुले क्रमश: ५ लाख, ३ लाख र २ लाख नगद प्राप्त गरे ।

 

नेपाली धावक किरण सिंह बोगोटी भने चौथो बने ।

 

नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौ, रिखुलाल सिंह मगर छैटौं, दिनेश सिंह बोगोटी सातौं र केन्याली धावक माइकल माथिया आठौं बने ।

 

उनीहरुले जनही क्रमश: नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

 

गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे ।

 

उनीहरुले पनि क्रमश: जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे ।

 

पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरो पहिलो, नेपाली धावक सन्तोष विक्रम दोस्रो, गजेन्द्र राई तेस्रो बने ।

 

उनीहरुले क्रमश: जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार प्राप्त गरे ।

 

यस्तै महिलातर्फ २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ पहिलो, केन्याली स्वारोन जोनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो बनिन् ।

 

उनीहरुले क्रमश: जनही नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार प्राप्त गरिन् ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्